काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एमएडब्लू अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबीका ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारी भएको छ ।
समझदारी पत्रमा एमएडब्लूका तर्फबाट सञ्जयदेव यादव र एभरेस्ट बैंकका विनय खनालले हस्ताक्षर गरेका छन् । यस रणनीतिक सहकार्यअन्तर्गत जेसीबीलगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले एभरेस्ट बैंकका हरेक शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाअनुसार ग्राहकले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।