• Menu
s

सुनको मूल्य दुई दिनमै १५ हजार २०० रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८३ जेठ २८, ११:३५

सुनको मूल्य दुई दिनमै १५ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य दुई दिनमा १५ हजार २ सयले घटेको छ । आज सुन तोलामा पाँच  हजार १०० र चाँदी ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।

गत मंगलबार एक तोला सुन तीन लाख एक हजार ९०० र चाँदी चार हजार ९२५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको चाँदी ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।