काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले जुन ६, २०२६ मा शंखरापुर नगरपालिकाअन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम गरेको छ । उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेसन (इको कल्चर) सँगको सहकार्यमा कार्यान्वयन गरिएको हो ।
काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको पताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालका करिब ५० जना सहकर्मीले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास ५०० वटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवा रोपेका थिए ।
यस पहलले एकल बाली प्रणाली (मोनोकल्चर फार्मिङ) बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरुका बिरुवाहरू छनोट गरी रोपिएका हुन् ।