• Menu
s

फिफा विश्वकप लक्षित टेलिकमको आकर्षक बोनस अफर

नेपाल प्रफिट

२०८३ जेठ २८, ०६:१५

फिफा विश्वकप लक्षित टेलिकमको आकर्षक बोनस अफर

काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वल्र्ड कप २०२६ र टिभी प्याकेज उपलब्ध गराउने भएको छ ।

विश्व खेलकुदको महाकुम्भलाई मध्यनजर गर्दै आईपीटिभी ग्राहकका लागि फिफा वल्र्डकप उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण आईपीटिभी ग्राहकले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

एनटिभी ग्राहकले टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटिपी प्राप्त हुनेछ । सो ओटिपी टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुरु हुनेछ ।

साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ । जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एपीबीएस वा सोभन्दा बढी गतिको इन्टरनेट सुविधा निशुल्क दिएको छ ।