एजेन्सी । भारी वर्षा र अचानकको बाढीले अफ्रिकामा करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले बुधबार जनाएअनुसार राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा ४७३ जनाको ज्यान गएको र करिब चार लाख १० हजार ३५० मानिस विस्थापित भएका छन् ।
यस क्षेत्र भरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारहरूलाई सहयोग गर्न जारी राख्ने, सतर्क अवस्थामा रहने र तत्काल सहायता उपलब्ध गराउने ओसीएचएले बताएको छ ।
केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा ‘भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक रहेको’ उल्लेख छ ।