• Menu

बुधबार पनि बढ्यो सेयर बजार, बैंक समूहमा उत्साह

नेपाल प्रफिट

२०८१ जेठ ९, बुधबार १५:१०

बुधबार पनि बढ्यो सेयर बजार, बैंक समूहमा उत्साह

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । साताका अघिल्ला तीन दिनमा ९७ अंक बढेको बजार बुधबार १५ अंकले बढेको हो ।

बैंक, विकास बैंक, होटल र म्युचुअल फन्डबाहेकका सबै समूह ओरालो लागे पनि समग्र बजार परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंकमा उक्लिएको छ । बैंक समूहमा आज पनि ४.२३ अंकको उछाल आएको छ ।

आज ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । बजार १५ अंकले बढ्दा ८१ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।