• Menu
s

तोलामा चार सय बढ्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८३ जेठ १९, १३:२८

तोलामा चार सय बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद-बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।