• Menu
s

सुनको मूल्य प्रतितोला २१ सयले घट्यो

नेपाल प्रफिट

२०८३ जेठ २२, शुक्रबार १०:५३

सुनको मूल्य प्रतितोला २१ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार १०० र चाँदी ५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २३० निर्धारण भएको छ ।

बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २८५ निर्धारण भएको थियो ।  गत बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको चाँदीको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।