• Menu

तीन दिनमै ९७ अंकले बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८१ जेठ ८, २१:३३

तीन दिनमै ९७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । तीन दिनमै सेयर बजार परिसूचक नेप्से ९७.१७ अंकले बढेको छ । बजार आइतबार ४५.६९, सोमबार २७.५४ र मंगलबार २३.९४ अंकले बढेर २११५.९४ अंकमा उक्लिएको हो ।

आज मंगलबार विकास बैंक र व्यापारबाहेकका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूह ३.५५ प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १९४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।