• Menu
s

सामान्य अंकले घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ जेठ ४, १५:५६

सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २७३०.९१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.५० अंकले उकालो लागेर ४६८.०५ मा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय चार कित्ता सेयर ई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने एक सय ३२ कम्पनीको ओरालो लागेको छ । कुल १८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोबारका आधारमा साहस ऊर्जा, रिलायान्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

त्यस्तै, इङ्गवा हाइड्रोपावर, बुङ्गल हाइडङोपावर, सगरमाथा जलविद्युत कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र प्रभु बैंकको विडेञ्चरका लगानीकर्ताले कमाएका छन् ।

निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले भने गुमाएका छन् ।