काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित दुसित प्रिन्सेसबीच समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने गरी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिइएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले देशभरका १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लाबाट सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षमा थप ७ शाखा विस्तार गरेर देशको ६० जिल्लाबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।