• Menu

नेप्सेमा सामान्य वृद्धि, १०३ कम्पनीको मूल्य बढ्दा ३ वटामा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८१ जेठ ३, १५:५३

नेप्सेमा सामान्य वृद्धि, १०३ कम्पनीको मूल्य बढ्दा ३ वटामा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य बढेको छ । चार दिन लगातार बढेर बुधबार ९.५४ अंकले घटेको बजार आज बिहीबार ०.७९ अंकले बढेर २०१८.७६ अंकमा पुगेको छ ।

बजार सामान्य बढे पनि १०३ कम्पनीको सेयर मूल्य बढेको छ । हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लघुवित्त र अन्यबाहेकका सबै समूह राताम्य बनेको बजारमा लघुवित्त समूह भने ३.८ प्रतिशतले बढेको छ । आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २४ करोड ३८ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।