• Menu

सिटिजन लाइफको अफर : व्यतित बिमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट

नेपाल प्रफिट

२०८१ जेठ १, ११:११

सिटिजन लाइफको अफर : व्यतित बिमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

बिमालेखको नवीकरण बिमाशुल्क समयमा भुक्तानी नहुँदा लाग्ने विलम्ब शुल्कमा कम्पनीले २०८१ जेठ १ देखि असार १६ सम्मका लागि छुट प्रदान गरेको हो ।

नवीकरण बिमा शुल्क भुक्तानी गर्दा जेठ १ बाट जेठ ३२ सम्म शतप्रतिशत र असार १ बाट असार १६ सम्म ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

नवीकरण शुल्क भुक्तानी गरी बिमालेख सक्रिय गराउन कम्पनीले आग्रह गरेको छ ।