काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा बोलाइएको छ ।
साधारणसभाबाट पारित भएपछि पुस १९ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । साधारणसभा प्रयोजनका लागि पुस २० देखि ३० सम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ ।