• Menu

आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

नेपाल प्रफिट

२०८२ मंसिर २, १२:४४

आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ।

सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो ।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन् ।

रेग्मीले PSP संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्