• Menu

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

नेपाल प्रफिट

२०८० चैत २७, १९:५७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने भएपछि शुक्रबार दिउँसो १ बजेका लागि सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा बैठक बोलाएका छन् ।

महरालाई गत शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एसका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो ।

लुम्बिनी प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।