• Menu

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

नेपाल प्रफिट

२०८२ कात्तिक १८, १०:५६

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्यलाई नियुक्त भएका छन् ।

बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सीईओ नियुक्त गरेको हो । शाक्यको कार्यकाल चार वर्षको रहनेछ ।

शाक्यले ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले यसअघि नविल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका थिए । बैंकिङ क्षेत्रमा उनले करिब तीन दशकको अनुभव संगालेका छन् । शाक्य ललितपुर पुल्चोकका बासिन्दा हुन् ।

रोशनकुमार न्यौपानेले १३ महिना कार्यकाल बाँकी रहँदै असोजमा पदबाट राजीनामा दिएपछि एनआईसी एसियामा सीईओ रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्