• Menu

मष्टाका आगलागी पीडितलाई गाउँपालिका दियो राहत

नेपाल प्रफिट

२०८० चैत २०, १६:४६


बझाङ । मष्टा गाउँपालिका-६ मा आगलागी पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । आइतबारको आगलागीबाट पूर्ण क्षति भएका तीन परिवारलाई मष्टा गाउँपालिकाले चामल, त्रिपाल, ब्लांकेट, भाँडाकुँडासहितका सामग्री वितरण गरिएको हो ।

मष्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदीका अनुसार विपदमा सरकार साथमा भएकोले राहत वितरण गरिएको हो । उनले विपत जुनसुकै समयमा आउन सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरे ।

सोमबार दिउँसो पीडित विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको परिवारलाई राहत दिएको हो । आगलागीबाट सुनका गहनासहित नगद रकम, अन्नपात सबै जलेर नष्ट भएको थियो ।