• Menu

पेरिस ओलम्पिकमा ७ खर्बभन्दा बढी खर्च हुने अनुमान

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार ११:५५

पेरिस ओलम्पिकमा ७ खर्बभन्दा बढी खर्च हुने अनुमान

एजेन्सी । सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा फ्रान्स सरकारले करिब पाँच अर्ब युरो (नेपाली रुपैयाँ ७ खर्ब २० अर्ब) खर्च हुने अनुमान गरेको छ ।

फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले ५ अर्बसम्म युरो खर्च हुने अनुमान गरिएको बताएका हुन् । फ्रान्सले सन् २०१७ मा सहर छनोट गर्दा ६ अर्ब ६० करोड युरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब ९ अर्ब युरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने भएका छन् ।