• Menu

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा २१ करोड ६८ लाखमा पक्की पुल निर्माण

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार ११:०७

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा २१ करोड ६८ लाखमा पक्की पुल निर्माण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालनमा आइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।