• Menu

प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

नेपाल प्रफिट

२०८० चैत ७, बुधबार २१:१८

प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

काठमाडौं । गैरआवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना हुने भएको छ ।

‘महिला सशक्तीकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नारासहित प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन जुन २९ र ३० मा काठमाडौंमा आयोजना हुन लागेको हो ।

यसैको तयारीका लागि  बुधबार विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुलाई आमन्त्रण गरी संघको सचिवालयमा प्रथम बैठक सम्पन्न भएको छ ।

बैठकमा कमला पराजुली (अध्यक्ष, राष्ट्रिय महिला आयोग), लिली थापा (सदस्य, राष्ट्रिय मानव अधिकार आयोग), सत्र गुरुङ (अध्यक्ष, पौरखी), मञ्जु गुरुङ (संस्थापक अध्यक्ष, पौरखी), टिका दाहाल (अध्यक्ष, नेपाल महिला अपांग संघ) चरीमाया तामाङ (शक्ति समूह अध्यक्ष), सावित्रा शाह (महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र  विष्णु ओझा (सदस्य, राष्ट्रिय समावेशी आयोग) लाई छलफलका लागि आमन्त्रण गरिएको थियो ।

यस्तै संघका तर्फबाट अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र अधिकृत कुनाल मिश्रलगायतको उपस्थिति थियो ।