बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार गाडीमा ३२ यात्रु सवार थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
उनका अनुसार घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।