• Menu

एकीकृत समाजवादी छाडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे

नेपाल प्रफिट

२०८० चैत ५, १६:१९

एकीकृत समाजवादी छाडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे

पोखरा । नेकपा एकीकृत समाजवादी त्याग गरेको भोलिपल्टै प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्री पदको शपथ खुवाइएको छ ।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मनाङे गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बनेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने कसरत गरिरहेको छ । सोही डिजाइनअनुसार मनाङेले आइतबार पार्टी परित्याग गरेका थिए ।

मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेका मनाङे यसअघि पनि मन्त्री हुनका लागि एकीकृत समाजवादी प्रवेश गरेका थिए । उनले आइतबारदेखि नै लागू हुनेगरी समाजवादीसँगको दलीय आबद्धता त्यागेको घोषणा गरेका थिए ।