काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सिद्धार्थ बैंकले पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले बैंकले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई लक्षित गरी पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ ।
पिंक कार्डमार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न वित्तीय स्रोत संकलनमा सहयोग पुग्ने बैंकको विश्वास छ ।