• Menu

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर, कहाँ हेर्ने नतिजा ?

नेपाल प्रफिट

२०८० फागुन २५, शुक्रबार ११:५६

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर, कहाँ हेर्ने नतिजा ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आईपीओ आज बाँडफाँट भएको हो

गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ५५ हजार ५९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १ हजार ३४२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर प्रतिकित्ता ३६०.९० पैसाका दरले सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, कम्पनीको वेबसाइट, सिडीएस एन्ड क्लियरिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिन्छ ।