• Menu

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

नेपाल प्रफिट

२०८० फागुन २४, २१:३५

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लाग रणनीतिक सम्झौता भएको छ । सम्झौतासँगै अब गरिमा विकास बैंकका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधाको उपयोग गर्न सक्ने भएका छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकले बिना झन्झट स्मार्ट बैंक एप- गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्टलगायतको टिकट खरिद तथा बिल भुक्तानी र अरू थुप्रै सुविधाको लाभ उठाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधासँगै ग्राहकले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पैसा पठाउन पनि सक्नेछन् ।

सम्झौतापछि खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हालसम्म ५० भन्दा बढी बैंक वित्तीय संस्थासँग हातेमालो गरेको बताए ।

गरिमा विकास बैंकले देशभरका १२३ शाखा र ५१ वटा एटीएममार्फत निरन्तर गुणस्तरीय सेवा प्रदान गरिसकेको छ ।