काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई सेयर बजारले ‘ग्रिन सिग्नल’ दिएको छ । पुन अर्थमन्त्री बन्ने पक्का हुँदै गर्दा सेयर बजार परिसूचक बुधबार ९ अंकले बढेको हो ।
परिसूचक बुधबार ९.३३ अंकले बढेर २०१७.०३ अंकमा उक्लिएको छ । सोमबार ११७ अंकले बढेको बजार मंगलबार भने ७० अंकले घटेको थियो ।
बैंक, जीवन बिमा र म्युचुअल फन्ड समूहबाहेकका सबै समूह उकालो लागेपछि समग्र समग्र बजार परिसूचक सकारात्मक बनेको छ ।
बुधबार ३ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज १७५ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको मूल्य घटेको छ ।