काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ स्थानमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-६, हुस्लाङ र बन्दीपुर गाउँपालिका-६, साराङघाटमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको हो ।
यी दुई नयाँ शाखारहित बैंकिङ इकाइको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ इकाइ संख्या २७७ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।
ग्लोबल आइएमई बैंकले ‘सबैका लागि बैंक’ नारासहित विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।