• Menu

काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले खोल्यो शाखा

नेपाल प्रफिट

२०८० फागुन २१, १४:५३

काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले खोल्यो शाखा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा शाखा स्थापना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ मा पर्ने पानीपोखरीमा सोमबार नयाँ शाखा स्थापना गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन् । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको बैंकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाए । हाल बैंकले २७० शाखा कार्यालय, ६३ एक्सटेन्सन काउन्टर, ११३ शाखारहित बैंकिङ इकाइ र २६८ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।