पर्सा । वीरगन्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ ।
महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।
वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख संकलन गरेको छ ।