• Menu

मंगला गाउँपालिकामा १४ वर्षपछि सडक स्तरोन्नति, २ करोड १५ लाखको लागत

नेपाल प्रफिट

२०८१ चैत १३, बुधबार ११:०८

मंगला गाउँपालिकामा १४ वर्षपछि सडक स्तरोन्नति, २ करोड १५ लाखको लागत

म्याग्दी । मंगला गाउँपालिका-२ मा बाबियाचौर-काफलचौर-सल्ल्यान-भर्जुला सडक स्तरोन्नति भएको छ ।

२०६७ सालमा स्थानीयवासीले चन्दा संकलन गरेर खोलेको यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी-दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो ।

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक ६ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।

यसअघि भरजुला-थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख लागतमा स्तरोन्नति भएको थियो ।