चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि मंगलबार बिहान अज्ञात समूहले आक्रमण गरेको छ।
केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा आपत्तिजनक शब्द राखिएको भन्दै आक्रोशित समूहले श्रेष्ठमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट कम्प्युटर र टेबलसमेत फुटेका छन्।
विद्युत कर्मचारीहरूले १३-१४ जनाको समूहले आक्रमण गरेको बताएका छन् र उक्त घटनाको निन्दा गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।