• Menu

त्रिशुलीमा ट्रक खस्दा एक को मृत्यु, एक जना घाइते

नेपाल प्रफिट

२०८१ चैत १२, ११:३२

त्रिशुलीमा ट्रक खस्दा एक को मृत्यु, एक जना घाइते

चितवन । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मंगलबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका-२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सह चालक दुबैजना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उनले बताए ।

ट्रकका सहचालक  रौतहटको गरुडा नगरपालिका-५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।