एजेन्सी । स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् ।
राजधानी ब्रातिस्लाभाबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा रहेको पूर्वी स्लोभाक सहर प्रेसोभ नजिकैको भेल्की सारिस सहरको बस्तीमा आगलागी भएको हो ।
‘एउटा बस्तीमा आगलागी हुँदा चारजना साना बालबालिका र एक जना वयस्कको ज्यान गएको छ’, भेल्की सारिसका मेयर विलियम कलले फेसबुकमा भने, ‘आठवटा झुपडी जलेर नष्ट भएका छन् र यस दुर्भाग्यपूर्ण घटनाबाट करिब ३० जना प्रभावित भएका छन् ।’
एघार वयस्क र सातजना बालबालिकालाई स्थानीय सामुदायिक केन्द्रमा सारिएको छ । टिभीनोभिन डट एसकेको समाचार साइटअनुसार पीडितहरूमध्ये एकजना शिशु थियो ।‘दुर्भाग्यवश, हामीले पाँच व्यक्तिलाई निर्जीव अवस्थामा फेला पार्यौँ,’ एम्बुलेन्स प्रवक्ता पेट्रा क्लिमेसोभाले भने ।
उनका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा तीव्र तनावको प्रतिक्रियामा परेकी एक बालिकाको पनि उपचार गरेका थिए ।
नजिकैको गाउँ जुपकानीका स्वैच्छिक अग्निशामकहरूले उनीहरूलाई बुधबार राति १०:३० बजे २१३ जिएमटी पछि साइटमा पठाइएको बताए ।त्यो सामान्य आवासीय झुपडीहरूमा लागेको आगो थियो । दुर्भाग्यवश, आगो निभाउँदै गर्दा हामीले पाँच व्यक्तिका जलेका अवशेषहरू फेला पार्यौ,’ उनीहरूले फेसबुकमा लेखेका छन् ।