• Menu

मकवानपुरमा ग्यास बुलेट दुर्घटना

नेपाल प्रफिट

२०८१ चैत ७, ११:०३

मकवानपुरमा ग्यास बुलेट दुर्घटना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित एचआईडी गेट अगाडि बिहीबार बिहान भारतीय ग्यास बुलेट दुर्घटना भएको छ। वीरगन्जबाट धादिङको धार्के जाँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको बुलेट पूर्व-पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण हालसम्म स्पष्ट नभए पनि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। दुर्घटनाका कारण केही समय सडकमा यातायात प्रभावित भएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।