• Menu

नागरिक उड्डयन प्राधिकरणमा ९८ जनाका लागि जागिर खुला

नेपाल प्रफिट

२०८० फागुन ११, शुक्रबार १५:०५

नागरिक उड्डयन प्राधिकरणमा ९८ जनाका लागि जागिर खुला

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ९८ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले पदपूर्तिका लागि शुक्रबार सूचना सार्वजनिक गरेको हो ।

प्राधिकरणले उपनिर्देशक (दसौं तह) देखि सहायक (चार तह) सम्ममा आवेदन माग गरेको छ । सबैभन्दा धेरै एयर ट्राफिक सर्भिसेज (सात तह) मा ४३ जना र एभिएसन फायर सर्भिसेस (चार तह) मा १७ जना माग गरिएको छ ।

प्राधिकरणले उपनिर्देशक पदमा १ जना, प्रबन्धक ३ जना, उपप्रबन्धक १ जना र वरिष्ठ अधिकृत ५२ जना माग गरेको छ । त्यस्तै अधिकृत ६ जना, वरिष्ठ सहायक १३ जना र सहायक पदमा २२ जना माग गरिएको छ ।

लोक सेवा आयोगबाट सञ्चालन हुने प्राधिकरणको परीक्षामा सहभागी हुन चैत १ गतेभित्र र दोब्बर दस्तुर तिरेर ८ गतेसम्म आवेदन दिन सकिन्छ । परीक्षा दस्तुर फरक-फरक पदका लागि फरक-फरक तोकिएको छ ।