• Menu

कृषि विकास बैंकमा ११२ जनालाई रोजगारीको अवसर, कुन पदमा कति माग ?

नेपाल प्रफिट

२०८० फागुन ११, शुक्रबार ११:१७

कृषि विकास बैंकमा ११२ जनालाई रोजगारीको अवसर, कुन पदमा कति माग ?

काठमाडौं । कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले शुक्रबार सूचना प्रकाशन गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर र ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको छ ।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले फागुन ११ देखि चैत १ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर चैत २ देखि चैत ८ सम्म आवेदन दिन सकिन्छ । दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।