• Menu

सुर्खेतमा बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

नेपाल प्रफिट

२०८१ चैत ६, बुधबार ११:५०

सुर्खेतमा बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा मंगलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका-३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।