• Menu

आगलागीमा परी एक बालिकाको मृत्यु

नेपाल प्रफिट

२०८१ चैत ५, १६:२२

आगलागीमा परी एक बालिकाको मृत्यु

मोरङ । धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा मंगलबार आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । आगलागी विद्युत चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।