• Menu

सेयर बजारमा हरियाली, १४६ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८१ फागुन २८, बुधबार १५:३२

सेयर बजारमा हरियाली, १४६ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२८ अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ११ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ अंकमा उक्लिएको हो ।

आज ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १० वटा कम्पनीको भने स्थिर रह्यो ।

बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकामा आज ८ अर्ब २३ करोड ५२ लाखको कारोबार भयो ।

आज पिपुल्स हाइड्रोपाबर ९.७९, प्रभु रिइन्स्योरेन्स ७.८९, दिव्यश्वरी हाइड्रोपाबर ७.६७, घलेम्दी हाइड्रोपाबर ६.७१ र मनकामना इन्जिनियरिङ हाइड्रोपाबरको ६.०९ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, लगानी समूहको १.७६, उत्पादन तथा प्रशोधन ०.१८, बैंकिङ ०.५३, वित्त ०.०२, व्यापार ०.२१, होटल तथा पर्यटन ०.६४, जीवन बिमाको ०.६४, जलविद्युत ०.८५, अन्य १.५७, निर्जीवन बिमाको ०.४०, र म्युचुअल फन्डको ०.१० प्रतिशत मूल्य बढेको छ । लघुवित्तको ०.८९ र विकास बैंकको १.७९ प्रतिशत मूल्य घटेको छ ।

विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रिन डेभलपमेन्ट बैंकको ३.८७, इस्ट्रन हाइड्रोपाबर ३.४९ र सप्तकोशी डेभलपमेन्ट बैंकको २.९८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै ८१ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्