काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बालाजु र स्वयम्भुमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले बिहीबार दुवै शाखा कार्यालय उद्घाटन गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले शाखा कार्यालय उद्घाटन गरेका छन् ।
बैंकले केही अघि मात्र काठमाडौंको अनामनगर र शंखमूल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटीमा ४ नयाँ शाखा स्थापना गरेको थियो ।
स्वयम्भु र बालाजुमा नयाँ शाखा स्थापना भएसँगै बैंकका शाखा संख्या २६८ पुगेका छन् ।