• Menu

बागलुङमा किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

नेपाल प्रफिट

२०८१ फागुन १९, १२:०५

बागलुङमा किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

बागलुङ । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।  किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले  किसानसँगको सहलगानीमा  सात हजार ७०० मा  मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘रीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो,’ उनले भने । नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।