ललितपुर । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरूमाथि डोजर चलाएको छ ।
सोमबार ललितपुर-५ स्थित न्हुँ पोखरी संरक्षण तथा पुनर्निर्माणको क्रममा ५ नम्बर वडा कार्यालयसहित विभिन्न अस्थायी र अवैध संरचनाहरूमा डोजर चलाएको महानगरपालिकाले जनाएको हो ।