एजेन्सी । युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ इन्फिनोन सेमीकन्डक्टरु उत्पादन कारखाना निर्माण गर्न ९० करोड यूरो रकम बराबरको जर्मन सहायतालाई अनुमोदन गरेको छ ।
‘यो नयाँ निर्माण प्लान्टले युरोपेली संघ (इयु) को उत्पादन क्षमतामा वृद्धि ल्याउनेछ । यसले सेमीकन्डक्टर प्रविधिमा आपूर्ति र प्राविधिक स्वायत्तताको युरोपको सुरक्षालाई सुदृढ पार्नेछ,’ आयोगको एक विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । नयाँ प्लान्टको कुल लगानी ३.५ अर्ब यूरो लाग्नेछ ।
प्लान्टले इलेक्ट्रोनिक प्रणालीको नियन्त्रणका लागि एनालग र डिजिटल प्रविधिबीचको खाडललाई पूरा गर्न आवश्यक एकीकृत सर्किटहरू उत्पादन गर्नेछ । उक्त अर्धचालक प्रविधि औद्योगिक, मोटर वाहन र उपभोक्ता अनुप्रयोगहरूमा प्रयोग गरिनेछ ।
भर्खरैका अध्ययनहरूले युरोप अर्धचालकसहित लगभग सबै महत्वपूर्ण प्रविधिहरूमा चीन र संयुक्त राज्य अमेरिका भन्दा पछाडि रहेको देखाएको छ । आगामी वर्षहरूमा यो खाडल बन्द हुने आशा इयुले गरेको छ ।