• Menu

सुर्खेतमा घाँस काट्दै गर्दा लडेर एक महिलाको मृत्यु

नेपाल प्रफिट

२०८१ फागुन ८, १२:४१

सुर्खेतमा घाँस काट्दै गर्दा लडेर एक महिलाको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।

बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

जाजरकोटको कुशे-१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।