काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्ये नौ वटा समूह राताम्य बनेपछि समग्र बजार परिसूचक १.८६ अंकले बढेर २६८५.७५ अंकमा उक्लिएको हो ।
आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब २५ करोडको कारोबार भएकामा आज ८ अर्ब ७१ करोडको कारोबार भएकोहो ।
आज गार्डियन लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभरफल्स पावर ८.०२, ग्रिन डेभलपमेन्ट बैंक ७.५९, न्यादी हाइड्रोपावर ७.४६ र सिन्धु विकास बैंकको ७.०८ प्रतिशत मूल्य बढेको छ ।
वित्त समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढेको छ । त्यस्तै लगानी १.२२, विकास बैंक १.३३ र जीवन बिमा समूह ०.४८ प्रतिशत बढेको छ ।
बैंकिङ समूह ०.०५, होटल तथा पर्यटन ०.६३, अन्य ०.४७, व्यापार ०.९१, लघुवित्त ०.११, उत्पादन तथा प्रशोधन ०.३१, जलविद्युत ०.०४, म्युचुअल फन्ड ०.०९ र निर्जीवन बिमा समूह भने ०.०३ प्रतिशत घटेको छ ।
उपकार लघुवित्तर मादी हाइड्रोपावर नकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ८.६८ प्रतिशतले घटेको छ ।