• Menu

साताभरमा चार दिन बढ्यो नेप्से, परिसूचक २१०० नजिक, कारोबार रकममा पनि सुधार

नेपाल प्रफिट

२०८० माघ २५, १५:५२

साताभरमा चार दिन बढ्यो नेप्से, परिसूचक २१०० नजिक, कारोबार रकममा पनि सुधार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताभरमा चार दिन बढेको छ । पाँच कारोबार दिनमा चार दिन सेयर बजार परिसूचक बढेको हो ।

साताको पहिलो दिन आइतबार ५.३१ अंकले घटेको बजार त्यसपछि चारै दिन बढेको हो । नेप्से सोमबार १४.५७, मंगलबार ९.४४, बुधबार ४.९२ र बिहीबार ५.६८ अंकले बढेको हो । चार दिनमा बजार ३४.६१ अंकले बढेर २०९६.३८ अंकमा उक्लिएको छ ।

साताको अन्तिम कारोबार हुने दिन बिहीबार कारोबार रकममा पनि सुधार आएको छ । सोमबार २ अर्ब ३७ करोड, मंगलबार २ अर्ब ५६ करोड, बुधबार २ अर्ब ८२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार नेप्से ५.६८ अंकले बढ्दा १५७ कम्पनीका लगानीकर्ताले कमाए भने ८२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सबैभन्दा धेरै समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।