• Menu

सन् २०२५ मा २५ लाख नरिवल रोप्दै श्रीलंका

नेपाल प्रफिट

२०८१ माघ २८, ११:०१

सन् २०२५ मा २५ लाख नरिवल रोप्दै श्रीलंका

एजेन्सी । श्रीलंकाको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवल रोप्ने लक्ष्य लिएको छ । नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ देखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।

‘श्रीलंकाको मुख्य नरिवल क्षेत्र नर्दन कोकोनट ट्राइंगलमा २५ लाख नरिवलका बिरुवा खेती गरिने लक्ष्य छ,’ उनले भने ।

आधिकारिक तथ्यांकअनुसार श्रीलंकाले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्थ्यो तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोडमा झरेको छ । मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण उत्पादनमा कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुंगाले बताए ।

श्रीलंकाको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनका लागि २० करोड नरिवलका दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्