• Menu

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब, एलन मस्कले पठाए गोप्य इमेल

नेपाल प्रफिट

२०८१ माघ २४, ११:४८

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब, एलन मस्कले पठाए गोप्य इमेल

काठमाडौं । ट्रम्प प्रशासनले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न गोप्य इमेल पठाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका व्यवसायी एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिँदै पत्र पठाएका हुन् ।

मस्कले कर्मचारीलाई पठाएको गोप्य इमेलमा स्पष्टसँग जागिर छाड्न उर्दी गरिएको समाचार संस्था समाचार संस्था फर्च्युनले उल्लेख गरेको छ । सरकारी कर्मचारी हटाएर मस्क र राष्ट्रपति ट्रम्पले आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका फर्च्युनले गरेको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै टेस्ला, स्पेस एक्स, एक्स (ट्विटर)लगायत कम्पनीका मालिक मस्कलाई सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको थियो । मस्कले कमजोर कार्यसम्पादन भएको बहानामा कर्मचारीहरुलाई हटाएर आफ्ना नियुक्त गर्न खोजेको अमेरिकी सञ्चारमाध्यमहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्