• Menu

चालु खाता १४८ अर्ब र शोधनान्तर स्थिति २४९ अर्ब बचतमा, गत वर्षभन्दा घट्यो

नेपाल प्रफिट

२०८१ माघ २०, २१:२४

चालु खाता १४८ अर्ब र शोधनान्तर स्थिति २४९ अर्ब बचतमा, गत वर्षभन्दा घट्यो

काठमाडौं । पुस मसान्तसम्म चालु खाता १४८ अर्ब र शोधनान्तर स्थिति २४९ अर्ब बचतमा रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म चालु खाता १४८ अर्ब १७ करोडले बचतमा छ ।

गत वर्ष पुस मसान्तमा चालु खाता १६२ अर्ब ५६ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको पुस मसान्तमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता २०८१ पुस मसान्तमा १ अर्ब ८ करोडले बचतमा छ ।

पुस मसान्तमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा छ । गत वर्षको पुस मसान्तमा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष पुस मसान्तमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति २०८१ पुस मसान्तमा १ अर्ब ८२ करोडले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड छ । गत वर्षको सोही अवधिमा ट्रान्सफर ३ अर्ब ११ करोड थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र)  भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आप्रवाह ४ अर्ब ५४ करोड थियो ।